Comments Add Comment

गोलकिपर कासियाको गोलमा रियल मड्रिड विजयी

Real-Madrid-Vs-Milan

१४ साउन, काठमाडौं । प्रि सिजन टुरका क्रममा चीनमा रहेको रियल मड्रिडले एसी मिलानलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा रियल मड्रिडले इटालियन महारथी एसी मिलानलाई सडन डेथमा १०-९ ले पराजित गरेको हो ।

सांघाई स्टेडियममा भएको खेलको निर्धारित समयको खेल गालरहित बराबरीमा सकिएको थियो । रियलका स्टार स्ट्राइकर रोनाल्डोलाई ७१ औं मिनेटमा डेनिस चेरिशेवले रिप्लेस गरेका थिए ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट निर्णय लिइयो । एसी मिलानका कार्लोस बाकाको प्रहार बारमा लगेर बाहिरियो भने रियल मड्रिडका टोनी क्रुजको प्रहार एसी मिलानका १६ वर्षे गोलकिपर डोनोरोमाले रोकपछि ४-४ भयो ।

सडन डेथमा दुबै टोलीका खेलाडीहरुले लगातार गोल गरे । ११ पेनाल्टीमा रियलका गोलरक्षक कासियाले गोल गरे भने एसीमिलानका डोनोरोमाको प्रहार रोक्दै रियल मड्रिडलाई जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment