Comments Add Comment

मुल्ला उमर मारिएको पुष्टि गर्दै तालिबानले छान्यो नयाँ नेता

१४ साउन, काठमाडौं । तालिबानले आफ्नो नेता मुल्ला उमर मारिएको पुष्टि गरेको छ ।

Mulla Umarत्यसअघि पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तान तालिबानका नेता उमर मारिएको खबरलाई अफवाह बताएको थियो । साथै उसले यो खबरको वास्तविकता अध्ययन भइरहेको बताएको थियो ।

अफगान तालिबानले मुल्ला उमर मारिएको पुष्टि गर्दै नयाँ नेता पनि चयन गरेको छ । मुल्ला अख्तर मन्सूरलाई संगठनको नेता चयन गरिएको तालिबानले बताएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले मुल्ला उमरको दुई वर्ष पहिले नै मृत्यु भएको बताएका थिए । अमेरिकाले पनि यसलार्य विश्वसनीय भनेको छ ।

लगतै तालिबानको कतारस्थित कार्यालयले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment