Comments Add Comment

साझा बसमा महानगरको १० करोड लगानी

Sajha-Yatyat
१५ साउन, काठमाडौं । रात्रि बस सञ्चालनमा असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरबासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकषिर्त भएको हो ।

काठमाडौं र ललितपुर जिल्ल्ाका दुई रुटमा १६ वटा सब सञ्चालन गरिरहेको साझालाई राति अबेर र बिहानी समयमा सञ्चालन गर्नका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त रकम खर्च गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको नागरिकमा खबर छ ।

‘साझाले अहिले ठूला बस सञ्चालन गरिरहेको छ,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘हामीले पनि नगरबासीलाई बिहान र राति अबेरसम्म बस सञ्चालन होस भनेका थियौं, त्यही अनुसार सञ्चालन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment