Comments Add Comment

श्रीलंकाविरुद्धको पहिलो टी–२० मा पाकिस्तान विजयी

१५ साउन, काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा पाकिस्तान २९ रनले विजयी भएको छ । यससँगै उसले दुई टी–२० को सिरिजमा १–० को अग्रता लिएको छ ।

Shoaib Malik

कोलम्बोमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनायो । पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । मुख्तर अहमद मात्र २ रनमा आउट हुँदा टीमको स्कोर १० रन थियो ।

तर, दोस्रो विकेटका लागि अहमद सेहजाद र मोहम्मद हाफिजले ४२ रनको साझेदारी गरे । हाफिज १७ रनमा आउट भए । शोएब मल्लिकसँग ३१ रनको साझेदारी गरेका सहेजाद ४६ रन बनाएर आउट भए ।

मल्लिक र उमर अकमलले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै पाकिस्तानको पारी उकासे । उमर अकमल २४ बलमा ४६ रन बनाएर आउट भए । शोएब मल्लिक ४६ रनमै अविजित रहे ।

श्रीलंकाका थिसरा परेराले २ तथा मालिंगा, एन्जेलो म्याथु र फर्नान्डोले १–१ विकेट लिए ।

१७६ रनको लक्ष्य लिएर मैदान उत्रिएको श्रीलकाले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो ।

उसका लागि मिलान्डाले ३५ रन बनाए भने डीएम डि सिल्भा र कपुगेदेराले समान ३१–३१ जोडे ।
पाकिस्तानका सोहिल तानभिरले ३ तथा अनवर अलीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment