Comments Add Comment

३० प्रतिशत म्यानपावर बन्द हुने अवस्थामा

१५ साउन, काठमाडौ । वैदेशिक रोजगारीमा निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका छ ।

rojgarविगत वर्षमा म्यानपावर कम्पनीले पठाएको कामदार संख्या र उनीहरुको वाषिर्क आम्दानी र खर्च हिसाब गर्दा करिब ३० प्रतिशत म्यानपावर कम्पनीलाई सञ्चालन खर्च धान्न कठिन हुने भएको हो । हाल सात सय ५१ म्यानपावर कम्पनी सञ्चालनमा रहेको अन्नपूर्ण पोष्टमा खबर छ । यसमध्ये २ सय ३३ वटा कम्पनीको औषत खर्च अबको आम्दानीले धान्न मुश्किल पर्नेछ ।

विगतमा म्यानपावरले प्रतिकामदार एक लाखदेखि एक लाख ६० हजार रुपैयाँसम्म असुल्ने गरेका थिए । गत असार २१ देखि सरकारले खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकटमा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा प्रवर्द्धनात्मक खर्चबापत् प्रतिकामदार १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने ब्यवस्था गरेको छ ।

सरकारले तोकेको दरअनुसार मेनपावरले कामदार पठाउन वाषिर्क न्युनतम २ सय जनाभन्दा बढी कामदार पठाउनै पर्ने हुन्छ । गत आर्थिक वर्षमा मेनपावर कम्पनले कामदार पठाएको संख्यालाई  आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने अवस्थामा पुग्नेछन् ।

विदेशिने नेपाली घटे
आर्थिक वर्ष २०७१/०७२ मा ५ लाख १२ हजार नेपाली रोजगारीको शिलशिलामा विदेशिएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा २.९० प्रतिशत कम हो । आर्थिक वर्ष ०७०/७१ मा ५ लाख २८ हजार दुई सय ३२ नेपाली विदेशिएका थिए ।

स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा र राजनीतिक अस्थिरताका कारण एक वर्षमा ५ लाख १२ हजार ८ सय ८७ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकले जनाउँछ । एक वर्षमा मेनपावरबाट ४ लाख ६२ हजार ९ सय ८८ जना र ब्यक्तिगत रुपमा नयाँ १० हजार २७ र बैधानिकीकरणमा ३९ हजार ८ सय ७२ नेपाली विदेश पुगेको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment