Comments Add Comment

नक्कली स्टालिनले कुटे लेनिनलाई, माफी मागेपछि क्षमादान

Lenin

गत जुन महिनाको सुरुतिर रुसको सडकमा नक्कली लेनिन र स्टालिनबीच झगडा भयो । मस्कोको रेड स्क्वाएर नजिकै सडकमा कला देखाउने क्रममा उनीहरुबीच छाताले हानाहान भएपछि यो काण्ड अदालत सम्मै पुग्यो ।

लेनिन जस्तै मुखाकृति भएका नक्कली लेनिन इगोर गोर्बुनोभमाथि स्टालिनजस्तै देखिने नक्कली स्टालिन लातिफ भ्यालिएभले छाताले प्रहार गर्दा जिउमा घाउ नै बन्यो र अस्पताल भर्ना हुनुपर्यो । चोकमा नाटक देखाउने बेलामा नक्कली लेनिनले आफुलाई छाडेर अर्को नक्कली स्टालिनसँग फोटो खिचाउन लागेपछि पहिलो स्टालिनलाई रिस उठ्यो अनि झगडा गर्न थाले । झगडा बढ्दै गएपछि उनीहरुबीच हानाहान हुनथाल्यो र स्टालिनले लेनिनलाई पिटे । आफुमाथि  कुटपिट भएको भन्दै नक्कली लेनिनले मेट्रो पुलिसमा उजुरी गरे ।

Lenin1

यो उजुरी उपर छानविन गर्दै नगर प्रशासनले नक्कली स्टालिनमाथि मुद्दा चलाउने तयारी गरिरहेको बेला नक्कली लेनिनले उदारता देखाएका छन् । उनले आफ्ना साथी लातिफमाथिको उजुरी फिर्ता लिएको र आफुहरु मेलमिलाप गर्न चाहेको भन्दै नगर प्रशासनमा निवेदन दर्ता गराएको बताइएको छ । नक्कली स्टालिनले आफुसँग माफी मागेकोले अब अदालतमा कुनै मुद्दा चलाउनु नपर्ने उनको भनाइ छ ।

स्मरण रहोस् यी नक्कली स्टालिन र लेनिनको कारण रुसको संसदमा समेत हंगामा हुने गरेको छ बेलाबेलामा । कतिपय सांसदले सम्मानीय नेता  लेनिन तथा स्टालिनको नक्कल गरेर पैसा कमाउनका लागि प्रहसन देखाउन नपाइने र त्यस्तो कामलाई रोक्नुपर्ने माग गरेका थिए । पछिल्लोपटक नक्कली लेनिन र स्टालिनबीच बीच सडकमै कुटाकुट भएपछि यसले ठूलै चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment