Comments Add Comment

लगातार सुपरहिट चलचित्र दिने को हुन् रोहित सेट्टी ?

Rohit-Shetty-wallpaper

बलिउड चलचित्रमा लगातार सुपरहिट चलचित्र दिइरहेका निर्देशक रोहित सेट्टी अहिले चर्चामा छन् । बक्स अफिसमा उनले निर्देशन गरेका सबै चलचित्र सफल छन् । आखिर को हुन्, बलिउडका चर्चित निर्देशक सेट्टी, जान्नुहोस् ।

को हुन् रोहित सेट्टी ?

रोहितको जन्म मुम्बइमा भएको हो । उनकी आमा रत्ना सेट्टी बलिउडकी जुनियर कलाकार हुन् । उनका पिता एम बी सेट्टीलाई बलिउडमा फाइटर सेट्टीको नामले पनि चिनिन्छ । उनको ४ जना बहिनी छन् ।

करिअर कसरी सुरु भयो ?

आफ्नो करिअर १७ बर्षको उमेरबाट उनले सह निर्देशकको रुपमा गरेका थिए । उनले ‘फूल और काँटे’बाट काम सुरु गरेका थिए । कुकू कोहलीको साथमा करिअर सुरु गरेका रोहितले यसपछि उनीसँगै ‘सुहाग, हकिकत, जुल्मी’ जस्ता चलचित्रमा काम गरेका थिए ।

यसपछि रोहितले अनिस बज्मीको साथमा ‘प्यार तो होना ही था’मा काम गरेका थिए । यो चलचित्रमा अजय देवगण, विपशा वासु, अभिषेक बच्चन जस्ता कलाकारले काम गरेका छन् । रोहितको चर्चा सन् २००६ मा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘गोलमाल’बाट भयो । यो चलचित्रका निर्देशक रोहितले चलचित्रको सफतासँगै बलिउडमा नयाँ झन्डा गाडेका थिए ।

उनले सन् २०७ मा ‘सन्डे’ नामक चलचित्र निर्देशन गरे । जसमा अजय देवगण, अरशद वारसी, आइसा टाकिया मुख्य भूमिकामा थिए ।

यसपछि उनले ‘गोलमाल रिटन्र्स, अल द वेष्ट, गोलमाल ३’ चलचित्रको निर्देशन गरे । सन् २०११ म उनले नै निर्देशन गरेको चलचित्र ‘सिंघम’ प्रदर्शनमा आयो, जसमा अजय देवगण मुख्य भूमिकामा थिए । चलचित्रले बम्पर व्यापार गर्‍यो । रोहितले यसपछि ‘बोल बच्चन’ चलचित्र निर्देशन गरे, जसमा अजय देवगण र अभिषेक बच्चन मुख्य भूमिकामा थिए । यो चलचित्रले पनि सय करोड माथिको व्यापार गर्‍यो । रोहितले बलिउडका वादशाह साहरुख खान र चर्चित नायिका दीपिका पादुकोणलाई लिएर सन् २०१३ मा ‘चेन्नई एक्सप्रेस’ नामक चलचित्र बनाए । यो चलचित्रले तत्कालिन समयमा सबै बक्स अफिस रेकर्ड तोड्यो ।

उनले सन् २०११ मा प्रदर्शनमा आएको ‘सिंघम रिटन्र्स’को सिक्वेलमा निर्माताको रुपमा पनि काम गरे । रोहित सेट्टी प्रोडक्शनको व्यानरमा यो चलचित्रको निर्माण गरिएको हो । उनले सन् २०१४ मा स्टन्ट गेम शो ‘फियर फ्याक्टर’को पाचौ सिजन पनि होस्ट गरे ।

उनले जमिन, गोलमाल, सन्डे, गोलमाल रिटन्र्स, अल द बेष्ट, गोलमाल ३, सिंघम, बोल बच्चन, चेन्नई एक्सप्रेस, सिंघम रिटन्र्स लगायतका चर्चित चलचित्र निर्देशन गरेका छन् ।

उनको अब प्रदर्शनका लागि तयार हुन लागेको चलचित्र ‘दिलवाले’ हो । जसमा साहरुख खान, काजोल, बरुण धवन, कृती सेननको मुख्य भूमिका छ । यो चलचित्र डिसेम्बर १८ मा प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment