Comments Add Comment

सुष्माको जवानी सिनेमा हलमा

Susma Karkiकाठमाडौं । विभिन्न म्यूजिक भिडियोमा बोल्ड दृष्य दिएर चर्चामा आएकी सुष्मा कार्कीले अभिनय गरेको चलचित्र ‘पाप’ आजदेखि सिनेमा हलमा लाग्ने भएको छ ।

फ्रेस नेपाली चलचित्र हेर्न नपाएका नेपाली दर्शकका लागि यौन मनोविज्ञानमा आधारित भनिएको ‘पाप’ले कस्तो सन्तुष्टि दिन्छ हेर्न बाँकी नै छ ।

यस चलचित्रमा सुष्मा कार्की, आयुष रिजाल, समिक्षा अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् । एनआर घिमिरेको निर्देशन रहेको यस चलचित्रमा सुष्माको जवानीलाई प्रसस्त स्थान दिइएको बताईएको छ ।

आइटम डान्स र म्यूजिक भिडियोमा सिमित हुन थालेकी सुष्माले यस चलचित्रमा दील खोलेर अभिनय गरेकी छिन् ।

अजय देबगण अभिनित हिन्दी चलचित्र ‘दृष्यम’ पनि विश्वब्यापी प्रदर्शन सुरु भएको छ । थ्रीलर भनिएको दृष्यममा श्रीया सरन, तब्बु र रजत कपुरको मुख्य भुमिका रहेको छ । मलायम फिल्मको रिमेक भनिएको ‘दृष्यम’मा निशिकान्त कामतको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment