Comments Add Comment

हृयात्रुङ झरनासम्म सडक पुग्यो

१५ साउन, तेह्रथुम । तेह्रथुमको सम्दु र ईसिवु गाउँ विकास समितिको सीमानामा पर्ने नेपालकै अग्लो तथा दक्षिण एसियाकै अग्लो भनिएको हृयात्रुङ झरनामा वषौँ पछि बल्ल सडक पुगेको छ । स्थानीय बासिन्दाको पहलमा वषौँ पछि सडक निर्माण गरेर झरनालाई सडक सन्जालमा जोडिएको हो ।

Hyatun-Jharnaतीन सय ६५ मिटर उचाइको यो झरनासम्म सडक सुविधा नहुँदा झरना हेर्न आएका पर्यटकहरु पनि बाटो बाटै फिर्ने गरेका थिए ।

झरनाको संरक्षण र संवर्दनमा गठित हृयात्रुङ झरना एकता समाजको पहलमा स्थानीयको श्रमदान तथा पर्यटन विकास कार्यालय झापाको आर्थिक सहयोगमा यसवर्ष झरना सम्म सडक पुर्‍याइएको हो ।

स्थानीयको श्रमदान तथा पर्यटन विकास कार्यालयको २२ लाख रुपैयाँ लागतमा ५ किलोमिटर सडक निर्माण गरी झरना सम्म सडक पुर्‍याइएको समाजका सचिव ईश्वर खत्रीले जानकारी दिए ।

सम्दु गाविस स्थित सम्दु उच्च माविबाट साढे ३ किलोमिटर र ईसिवुमा यसअघि निर्माण गरिएको मध्यपहाडी लोकमार्गबाट डेढ किलोमिटर सडक निर्माण गरी झरना सम्म सडक जोडिएको समाजका सचिव खत्रीले बताए ।

प्रकाश धौलाकोटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment