Comments Add Comment

रिद्धिखोलाबाट ट्रक खस्दा एकको मृत्यु

१५ साउन, चितवन । चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ८९५७ नम्बरको ट्रक चितवन कविलासको रिद्धिखोला पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन नसकेको र उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मकवानपुर भीमफेरी बस्ने २२ वर्षीय युवराज श्रेष्ठ र रौतहट बस्ने २६ वर्षीय पन्नालाल यादव रहेका छन् ।

उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment