Comments Add Comment

मेनुकाको आइटममा निखिलको ‘भैरव’मा यस्तो गीत(भिडियो)

menuka-pradhan

प्रदर्शन मिति एक महिना पनि बाँकी नरहेको समयमा नायक निखिल उप्रेतीले  निर्देशन गरेको चलचित्र ‘भैरव’को  प्रचारलाई आक्रामक रुपमा अगाडि बढाइएको छ । चलचित्रको ट्रेलर, गीत सार्वजनिक गरेपछि अब भने यसको प्रतिक्षित आइटम गीत सार्वजनिक भएको छ ।

‘गोली ढांइ ढांइ चले’ बोलको गीतमा कलाकार मेनुका प्रधानले नृत्य गरेकी छिन् । भोषपुरी भाषामा तयार पारिएको यो गीतले कथावस्तुलाई विशेष रुपमा जोड्ने निर्माणपक्षको भनाई छ ।

ममता राउत र गफीको स्वर रहेको यो गीतमा मुन्ना दुवेको शब्द छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा निखिल उप्रेती, अनु शाह, मुरलिधर, जयकिशन बस्नेत, नागेन्द्र रिजालको मुख्य भूमिका छ ।

चलचित्र ‘भैरव’ भाद्र ११ गतेबाट प्रदर्शनमा आउँदैछ । जोहन दरुवालाले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment