Comments Add Comment

सलमानको ‘बजरंगी’ भूमिका भन्दा साहरुखको ‘माइ नेम इज खान’को भूमिका दर्शकलाई प्यारो

srk-and-salman

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’को चर्चा अहिले बलिउडमा अत्याधिक छ । यो चलचित्रमा सलमानले बजरंगीको भूमिका निर्वाहा गरेका छन् । यो चलचित्रमा सलमानले निर्वाहा गरेको भूमिकालाई समिक्षकदेखि दर्शकले उनको करिअरकै उत्कृष्ट पनि भनेका छन् ।

तर, भारतको एक चर्चित बलिउड खबर छाप्दै आएको वेभसाइट गरेको सर्वेक्षणमा सलमानको यो भूमिका भन्दा अर्का नायक साहरुख खानले ‘माई नेम इज खान’मा निर्वाहा गरेको ‘रिजवान’को भूमिकालाई दर्शकले अत्याधिक रुचाएका छन् ।

बलिउड लाइभ नामक चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा साहरुखको भूमिकालाई ५३.७६ प्रतिशत भोट मिलेको छ । यो चलचित्रमा साहरुखले एक रोगबाट ग्रसित बनेको मानिसको भूमिका गरेका थिए । जसमा उनी अमेरिकी राष्ट्रपतिलाई भेट्ने ईच्छा राख्छन् । यो चलचित्रबाट साहरुखले थुप्रै अवार्ड पनि जितेका थिए ।

चलचित्र ‘बजरंगी भाइजान’मा सलमानले निर्वाहा गरेको भूमिकालाई दर्शकले ३६.१७ प्रतिशत भोट दिएका छन् । चलचित्र ‘पीके’मा आमिर खानले निर्वाहा गरेको भूमिकालाई जम्मा १० प्रतिशत भोट मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment