Comments Add Comment

कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण

Kumari-bank-jastapata-bitran१५ साउन, काठमाडौं । कुमारी बैंक गोरखा जिल्ला अन्तर्गतका नगरपालिका तथा विभिन्न गाविसका क्षतिग्रस्त विद्यालयहरुका छत तथा कक्षा कोठाहरुका पुनःनिर्माणका निम्ति जस्तापाता वितरण गरेको छ ।

गत वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर आएको विनाशकारी भूकम्पले अधिकांश विद्यालयहरुमा क्षति पुर्‍याएको थियो ।

कुमारी बैंकका संचालक समिति सदस्यहरु डा. शोभाकान्त ढकाल, सन्तोष कुमार लामा, प्रमुख जिल्ला अधिकारी उद्घव तिमल्सेना, जिल्ला शिक्षा अधिकारीका प्रतिनिधि विष्णु अधिकारी र जिल्ला विकास समितिका प्रतिनिधि पार्वती पाठकको उपस्थितिमा २०० बन्डल जस्तापाता वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले नवलपरासी, सिन्धुपाल्चोक, धादिङ्ग र गोरखाका भूकम्प पीडितहरुलाई कुल ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment