Comments Add Comment

राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा, नियमन विभागको जिम्मा शिवनाथ पाण्डेलार्इ

NRB-Photo१५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ जना कार्यकारी निर्देशकको सरुवा तथा पदस्थापना गरेको छ । डा. चिरञ्जिबी नेपाल गभर्नरमा नियुक्त भएपछि पहिलो पटक विशिष्ट श्रेणीका अधिकारीहरुको सरुवा गरिएको हो ।
निर्देशकबाट कार्यकारी नार्देशकमा यसै हप्तामात्र बढुवा भएका शिवनाथ पाण्डेलार्इ बैंक तथा वित्तीय संस्थाको नियमन विभागको जिम्मेवारी दिइएको छ । सो विभागका मनमोहनकुमार श्रेष्ठलाई आन्तरिक लेखा परीक्षण विभागको जिम्मेवारी दिइएको छ ।
अान्तरिक लेखा परिक्षण विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीलार्इ गभनर्रको कार्यालयमा सरूवा गरिएको छ । प्रदिपराज पाण्डेलाई बैंकर्स ट्रेनिङ सेन्टरबाट वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।
बैंकिङ कार्यालयका शिवराज श्रेष्ठलाई जनशक्ति विभागमा ल्याइएको छ । अनुसन्धान विभागका कार्यकारी निर्देशक मिनवहादुर श्रेष्ठलार्य राष्ट्र ऋण विभाग पठाइएको छ भने उनको ठाउँमा ऋण विभागका नरवहादुर थापालाई पठाइएको छ ।
मुद्रा व्यवस्थापनका चिन्तामणि शिवाकोटीलाई कार्यकारी निर्देशकका रुपमा त्यही विभागमा पदस्थापन गरिएको छ ।भिष्मराज ढुंगाना पनि विदेशी विनिमय विभागमै कार्यकारी निर्देशकका रुपमा पदस्थापन भएका छन् ।
जनशक्ति विभागका नारायण पौडेललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ । बैंक सुपरिवेक्षणका लक्ष्मीप्रपन्न निरौलालाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ ।
वित्तीय व्यवस्थापन विभागका राजनविक्रम शाहलाई  बैंकिङ कार्यालय पठाइएको छ भने नयाँ गठन गरिएको भुक्तानी तथा फस्छ्र्यौट विभागमा महेश भट्टराईलाई लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment