Comments Add Comment

बैंक उच्च व्यवस्थापन र सञ्चालकको ५०% स्वामित्वको कम्पनीमा ऋण दिन रोक

१५ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापन तहका उच्च कर्मचारीहरुको ५० प्रतिशत लगानी गरेको कम्पनीमा ऋण दिन नपाइने भएको छ ।

संस्थागत सुशासन बलियो बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गररेको एकीकृत निर्देशन अनुसार इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापन तहको पदाधिकारीलाई शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा वा घरायसी प्रयोजनका सामग्री कर्जा बाहेक निजहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा प्रवाह गर्न सक्ने छैनन् ।

तर, सरकारी ऋणपत्रको धितोमा वा क्रेडिट कार्ड अन्तर्गत कर्जा लिन यस व्यवस्थाले बाधा नपुर्‍याएको राष्ट्र बैंकले जनाएको छ ।
यो निर्देशन जारी हुनुपुर्व लिएको कर्जा २०७१ असार मसान्तभित्र नियमित %

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment