Comments Add Comment

नवजात शिशु मारेर फाल्ने आमा पक्राउ

१५ साउन, सोलुखुम्बु । आफैंले जन्माएको नवजात शिशु मारेर फालेको आरोपमा सोताङ-९ बस्ने २७ बर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ ।

Childविवाहित विकले साउन १० गते विहान घर छेउको बारीमा छोरी जातको नवजात शिशु जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन् ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो ।

शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ ।

घटनाबारे प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment