Comments Add Comment

महोत्तरीको गौशालामा सिटिजन्स बैंकको शाखा

Citizen-Bank-International१५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको गौशालामा ५५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरे ।

बैंकले महोत्तरी जिल्लाको औरही र रामगोपालपुरबाट आफ्नो शाखा रहित बैकिङ्ग सेवाको आरम्भ गर्न सीता शरण रायलाई प्रतिनिधि चयन गरी उनलाई प्रमाणपत्र विवरण गरेको छ ।

गौशालामा शाखा संचालनमा ल्याउने सिटिजन्स बैंक पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २२ र बाहिर ३३ गरी कुल ५५ वटा शाखा, ४५ वटा एटीएम काउन्टर र २०६ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
शुक्रबारबाटै बैंकले आफ्नो नयाँ बानेश्वर शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

वैंकले हालै प्रकाशित गरेको अनअडिटेड वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३५ अर्व ७८ करोड गरी २९ अर्व २० करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले ७२ करोड ३८ लाख खुद नाफा कमाएको छ ।

बैंकले आˆनो शाखा सुरुवात गरेको उपलक्ष्यमा आˆनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महोत्तरी जिल्ला औरही स्थित श्री प्रसाद सिंह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment