Comments Add Comment

तेस्रो शक्ति बनाउने जनजाति पार्टीहरुको कसरत

१५ साउन, काठमाडौं । तेस्रो वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै जनजाति पार्टीहरुले एकता प्रयास सुरु गरेका छन् । सातवटा जनजाति पार्टीद्वारा गठित पहिचानमा आधारित संघीय गठवन्धनले पार्टी एकताको पहल गर्ने निर्णय गर्दै कार्यदलसमेत बनाएको छ ।

janajati-party

कार्यदलमा जनमुक्ति पार्टीका केपी पालुङवा, आदिवासी जनजाति पार्टीका बुद्धिराज स्याङ्तान, खम्बुवान मोर्चाका आरके खम्बु, सामाजिक लोकतान्त्रिक पार्टीका कुमार राई, थरुहट पार्टीका गोपाल दहित र अम्मरध्वज लामा रहेका छन् ।

सात दलीय गठबन्धनभित्र रहेको कुमार लिङ्गदेन नेतृत्वको रहेको संघीय लिम्बुवानसँग एकता प्रस्ताव राखेका छन् । ‘संघात्मक संरचना र लिम्बुवानको मर्म रहने गरी पार्टी एकता अघि बढाउन उहाँहरु सकारात्मक छन्’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसँग भने ।

संघीय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले पनि भेडेटार बैठकले नै संघीय ढाँचाको राष्ट्रिय शक्ति निर्माण गर्ने प्रस्ताव पास भएको बताए । केन्द्रमा मोर्चा जस्तो रहेन्छ र हाम्रो लिम्बुवानको अस्तित्व रहन्छ भने एकताका लागि हामीलाई समस्या छैन’ उनले भने ।

जनजाति पार्टीहरुबीच नै एकता प्रयास थाल्ने भएपछि राष्ट्रिय जनमुक्ति पार्टी र संघीय गणतान्त्रिक समाजवादी पार्टीबीचको एकता रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment