Comments Add Comment

प्रधानमन्त्रीलाई तजबिजी अधिकार नदिन सभासदको माग

Sushil-Koirala१५ साउन, काठमाडौं । भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका लागि गठित प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको मुख्य सचिव नियुक्तिमा भएको ढिलाइप्रति संसदमा कुरा उठेको छ ।

एमाओवादी सभासद जनकराज जोशीले संसदको शून्य समयमा बोल्दै मुख्य सचिव र प्राधिकरणको सिइओ भागबण्डाका आधारमा होइन प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्ने बताए ।

पूर्व सचिव समेत रहेका सभासद जोशीले भने, ‘भागण्डाका कारण मुख्य सचिव र सिइओ नियुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण हो, यसलाई प्रधानमन्त्रीको तबजिबमा होइन प्रतिस्पर्धा र क्षमताका आधारमा नियुक्त गरियोस् ।’

शून्य समयमा बोल्दै एमाले सभासद कृष्णकुमार राईले भ्रष्टाचारी ठहर भएर जेल सजाय भोगिरहेका उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेलाई माफी दिइएकोमा आपत्ति जनाए ।

सभासद राईले प्रश्न गरे, ‘भ्रष्टाचारका कारण नेपाल अन्तर्राष्ट्रिय समुदायसामु बेइज्जती भोगिरहेका बेला भ्रष्टाचारीलाई माफी मिनाहा गरेर सरकारले के सन्देश दिन खोजेको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment