Comments Add Comment

गौरी शंकरले गौरी कुमारीको नाममा टिक लाएपछि…

फाइल तस्वीर
फाइल तस्वीर

१५ साउन, काठमाडौं । एकजना सभासदले अर्कै सभासदको नाममा टिक लगाउदा शुक्रवारको संसद बैठकमा सभामुख सुवास नेम्वाङ समेत झुक्किए ।

शून्य समयमा बोल्ने सभासदको नाम संसद सचिवालयले वर्णानुक्रम अनुसार राखेको हुन्छ । बोल्न चाहने सभासदले आफ्नो नाममा टिक लगाउनुपर्छ ।

शून्य समयमा सभासदको नाम बोलाउने क्रममा वर्णानुक्रममा पुगेका सभामुख नेम्वाङले माननीय गौरी कुमारी ओली भनेर बोलाए ।

अचानक आफ्नो नाम आएपछि एमाले सासद ओली अलमल्ल परिन् । उनले भनिन्, ‘सभामुख महोदय मैले त बोल्नेमा टिक लगाएकै थिइनँ, कहाँबाट मेरो नाम आयो ?’

त्यसपछि सभामुखले भने, ‘तपाईको नाममा टिक लगाएकै भएर बोलाएको हो माननीय सदस्य ! तपाईले बोल्दिन भन्नु भयो, धन्यवाद छ ।’

त्यसपछि सभामुखले अन्य सभासदको नाम बोलाए । शून्य समयको अन्तिममा सभामुख नेम्वाङले सभासद गौरी ओलीको नाममा टिक लगाइदाको त्रुटी भेटेछन् ।

खासमा सभासद गौरी शंकर चौधरीले आफ्नो नाममा टिक लगाएँ भन्दा गौरीकुमारी ओलीको नाममा टिक लगाएछन् । सो त्रुटी औंल्याउदै नेम्वाङले चौधरीलाई बोल्ने समय दिए ।

चौधरीले भने टिक लगाउदा आफ्नो नभइ सचिवालय कर्मचारीको गल्ति भएको हुन सक्ने बताए । तर नेम्वाङले अब यसमा बहस नगर्न भन्दै रुलिङ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment