Comments Add Comment

भारतीय राष्ट्रपति मुखर्जी र कांग्रेस नेता देउवाबीच भेटवार्ता

१५ साउन, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी भएर शान्ति र स्थायीत्व कायम हुने विश्वास व्यक्त गरेका छन् ।

शेरबहादुर देउवा । फाइल तस्वीर
शेरबहादुर देउवा । फाइल तस्वीर

 

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग शुक्रबार भएको भेटवार्तामा उनले सकेसम्म आम सहमतिमा नभए अधिकतम सहमतिमा भए पनि छिटो संविधान जारी गरी नेपाल समृद्धिको बाटोमा अघि बढोस् भन्ने कामना गरेका थिए ।

देउवाले छिट्टै सहमतिमा संविधान जारी गर्न दलहरु छलफलमा रहेको जानकारी गराउँदै एक महिनाभित्र मुलुकले नयाँ संविधान पाउने बताएको नयाँदिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिए ।

हिन्दु राष्ट्र लेख्न दबाव

देउवाले आजै भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

उनले धर्म निरपेक्षता शब्द संविधानबाट हटाउनु पर्ने धारणा राखेको धमलाले जानकारी दिए । कोसियारीले भने, ‘सक्नुहुन्छ भने हिन्दु राष्ट्र लेख्नुस्, तर सक्नुहुन्न भने धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुस् ।

कोसियारीले नेपालमा छिटो संविधान जारी हुनु पर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका थिए ।

यो पनि पढ्नुस्

दिल्लीमा देउवा लिपुलेकबारे बोल्न चाहेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment