Comments Add Comment

प्रभु बैंक एकैदिन तीन शाखा संचालनमा

Pravhu bank special१५ साउन, काठमाडौं । प्रभु बैंकले तीन शाखाहरु एकैदिन संचालनमा ल्याएको छ । मर्जरको क्रममा दोहोरिन गएका नेपालगञ्ज, टाँडी र तुल्सीपुरका शाखाहरुलाई क्रमशः बाँकेको कोहलपुर, लमजुङ्गको बेशीशहर र सुर्खेतको विरेन्द्रनगरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुको उदघाटन क्रमशः विशेषज्ञ सञ्चालक ऋषिराम गौतम, बैंकका संस्थापक रामबहादुर पाण्डे र संचालक पुष्पबहादुर प्रधानले गरे ।

सो अवसरमा बैंकका नयाँ शाखाहरुबाट स्थानीय जनता, उद्योगी, व्यापारी र आसपासका वासिन्दाले आफनो आवश्यकता अनुसारका बैंकिंङ्क सेवा तथा सुविधाहरु प्राप्त गरि आफ्नो व्यवसाय प्रर्वद्धनमा विशेष फाइदा लिनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment