Comments Add Comment

शीतकालीन ओलम्पिक बेइजिङमा हुने

Beijing-to-host-2022-Winter-Olympics

१५ साउन, काठमाडौं । २०२२ को शीतकालीन ओलम्पिक चीनको राजधानी बेइजिङमा हुने भएको छ । यससँगै ग्रीष्म र शीतकालीन ओलम्पिक आयोजना गर्ने बेइजिङ पहिलो शहर बन्नेछ ।

शीतकालीन ओलम्पिक आयोजनाका लागि बेइजिङ र काजकिस्तानको अल्माटी बीच प्रतिस्पर्धा थियो । क्वालालम्पुरमा अन्तराष्ट्रिय ओलम्पिक समितिको बैठकमा बेइजिङ नै रोजाइमा पर्‍यो ।

४४ मतमध्ये बेइजिङको पक्षमा ४० मत परेको थियो भने एक अनुपस्थित रहे । बेइजिङमा यसअघि २००८ मा ग्रीष्म ओलम्पिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment