Comments Add Comment

एसेजको तेस्रो टेष्टमा इंग्ल्याण्ड ८ विकेटले विजयी

England-Vs-Australia

१५ साउन, काठमाडौं । एसेज रिसिज अन्तरगतको तेस्रो टेष्ट इंग्ल्याण्डले अष्ट्रेलियामाथि ८ विकेटले जित हात पारेको छ । यससँगै उनले सिरिजमा २-१ को अग्रता लिएको छ ।

तेस्रो दिन अष्ट्रेलियाले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि इयान बेलले अविजित ६५ रन बनाए भने जोए रुट ३८ रनमा अविजित रहे ।

यसअघि ७ विकेटको क्षतिमा १६८ रनबाट तेस्रो दिनको खेल थालेको अष्ट्रेलिया थप ९७ रन जोड्दा अलआउट भयो र इंग्ल्याण्डलाई १२१ रनको लक्ष्य दियने ।

तेस्रो दिनको पहिलो तथा अष्ट्रेलियाको आठौं विकेटका रुपमा आउट भएका पिटर नेभिलले ५९ रन बनाए । मिचेल स्टार्कले ५८ रनको पारी खेले ।

दोस्रो पारीमा अष्ट्रेलियाका डेभिड वार्नरले ७७ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अष्ट्रेलियाको पारी धरासायी बनाउने क्रममा स्टिभन फिनले एक्लैले ६ विकेट लिए ।

पहिलो पारीमा अष्ट्रेलिया १३६ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले २८१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment