Comments Add Comment

वर्षाले रोकिएको नेपाल र स्कटल्याण्डको खेल आज

Parash-Khadka

१६ साउन, काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको विश्व क्रिकेट लिग च्याम्पियनपनसिपको खेल वर्षाले अवरुद्ध भएको छ ।

स्कटल्याण्डको आयरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१  ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

स्कटल्याण्डले जवाफी ब्याटिङ नगर्दै वर्षा भयो । तीन घन्टा रोकिएपछि सुरु भएको खेलमा डक वर्थ लुइस पद्धतीका आधारमा स्कटल्याण्डले २२ ओभरमा ११० रनको लक्ष्य दिइयो ।

तर, १.४ ओभरमा १५ रन बनाउँदा फेरि वर्षा भएपछि खेल अवरुद्ध भयो । आजको रिजर्भ डेमा स्कटल्याण्डले जितका लागि २०.२ ओभरमा ९५ रन बनाउनुपर्छ ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । ओपनर महेश क्षेत्री ३ र अनिल मण्डल ९ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल १६ र कप्तान पारस खड्का १० आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाएको थियो ।

शरद भेसवाकरले प्रदिप ऐरीसँग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर, प्रदिप १६ रनमा आउट भए । शरद र पृथु बास्कोटाले २० रनको साझेदारी गरे । शरद ३० रनमा आउट भए ।

तल्लो क्रममा खेलेर बसन्त रेग्मीले १९ र अभिनाश कर्णले १७ रनको योगदान दिए । सोमपाल कामी ७ रनमा आउट भए भने शक्ति गौचन ७ रनमा अविजित रहे ।
स्कटल्याण्डका इभान्सले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment