Comments Add Comment

फेसुबक मालिक जुकरवर्ग बाबु बन्दै

Mark zuckerberg and Priscilla chan

फेसबुकका संस्थापक मार्क जुकरबर्ग छोरीको बाबु बन्दैछन् । उनले यो फेसबुकमार्फत नै जानकारी दिएका हुन् ।

जुकरबर्गले पत्नी प्रिसिला चानसँगको एक तस्वीर पनि पोष्ट गरेका छन् र प्रिसिला छोरीको आमा बन्न लागेको जानकारी गराएका छन् । उनले लेखेका छन्–प्रिसिला र मसँग निकै खुसीको खबर छ । हामी एक छोरीको आमा बुबा बन्दैछौं ।’

३१ वर्षीय मार्क जुकरबर्गका अनुसार यसअघि उनको पत्नीको तीन पटक गर्भपात भएको थियो । तर, यो पटक खतरा कम छ ।

यो स्थितिबाट गुज्रिरहेकाहरुलाई सहयोगी होस् भनेर आफूले यो सार्वजनिक गरेको उनले बताएका छन् ।

जुकरबर्गले लेखेका छन्–‘अल्ट्रासाउण्डमा उसले आफ्नो हातको औला देआएर लाइक गरेको छ । यसैले म आश्वस्त छु कि म पछि उसैले जिम्मेवारी सम्हाल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment