Comments Add Comment

सरुवा माग्दै १५ सयको निवेदन, एक सय १५ जनाको सरुवा

१६ साउन, काठमाडौ । सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालयस्तर कर्मचारी सरुवा प्रक्रिया शुरु गरेको डेढ साताको अवधिमा सरुवा माग गर्दे १५ सयले निवेदन दिएका छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सामान्य प्रशासन मन्त्रालयकाअनुसार शुक्रबारसम्म सरुवाको माग गर्दै १५ सयको निवेदन परेको हो । निवेदन परेकामध्ये शुक्रबासम्म एक सय ५० कर्मचारीको सरुवा गरिएको नयाँ पत्रिकामा खबर छ ।

सरुवा हुने क्रम शुरु भएको र अधिकृत तहसम्मका एक सय ५० जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले जानकारी दिए ।

मन्त्रालयअन्तर्गतको दर्ता शाखाका अनुसार विहीबार र शुक्रबार निवदेन पर्ने क्रम बढेको छ । दुई दिनमा तीन सय ५० भन्दा बढीको निवेदन परेको छ । सरुवाका लागि निवेदन दिनेमा राजपत्रअनंकित (नायब सुब्बासम्म) कर्मचारीको संख्या झण्डै ७० प्रतिशत र अधिकृतभन्दा माथिका कर्मचारीको संख्या झण्डै ३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सरुवाका लागि निदेदन दिएकाको प्रमुख आकर्षक रोजाइ अर्थ मन्त्रालय र मातहतका निकाय देखिएका छन् ।
यसैगरी स्थानीय विकास, पर्यटन, उद्योग मन्त्रालयमा जान चाहनेको संख्या पनि उल्लेख्य रहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

अधिकारीका अनुसार सामान्यमा छानविन र अध्ययन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment