Comments Add Comment

कबिरलाई सोधे, पाकिस्तानलाई आतंकवादी भन्ने तपाई को हो ?

Kabir-Khan

मुम्बई । ‘बजरंगी भाइजान’को सफलतावाट उत्साहित निर्देशक कबीर खान अर्को चलचित्र ‘फ्यान्टम’ को प्रचारमा जुटेका छन् । फ्यान्टममा उनले मुम्बइमा भएको परमपन्थी हमला जस्तो संवेदनशील विषय छानेका छन् ।

फिल्मको टे्रलर लञ्च कार्यक्रममा संवाददाताले निर्देशक खानलाई पाकिस्तानलाई आतंकवादी भन्ने तपाई को भन्दै प्रश्न गरेका थिए । केही पत्रकारले उनको यसअघिको चलचित्र ‘ऐजेन्ट विनोद’लाई पाकिस्तान विरोधी फिल्म भनेर टिप्पणी गरेपछि कबिरले पाकिस्तानलाई आतंकवादीको पर्याय मान्न नहुने धारणा राखे ।

बजरंगी भाइजान र फैन्टम यस किसिमको गलत मानसिकता हटाउने फिल्म भएको दाबी गरे उनले । उनको भनाई अनुसार दुबै देशले अतिवादलाई परास्त गर्ने हो भने दुबै देशविच मित्रता कायम हुनसक्ने बताए ।

कार्यक्रममा उपस्थित एक पत्रकारले कबिरले फिल्ममा अतिवादी तत्वको बढी प्रयोग गरेको आरोप समेत लगाए । निर्देशक खानले भने आफु अतिवादको बिरुद्धमा रहेको दाबी गरे ।

पछिल्लो समय भारत पाकिस्तान सम्बन्धमाथी बनेको चलचित्र दर्शकले मन पराउदै आएका छन् । बलिउडमा बनेका प्राय फिल्ममा पाकिस्तानलाई नै आतंकवादीको अखडाको रुपमा प्रस्तुत गर्ने चलन छ ।

खानकै निर्देशन रहेको ‘बजरंगी भाइजान’ पाकिस्तानमा प्रतिबन्ध गर्नुपर्ने आवाज केही ब्यक्तिहरुले उठाएका थिए । अघिल्लो फिल्म ‘एक था टाईगर’ लाई पाकिस्तानी सरकारले सिनेमा हलमा प्रदर्शनमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment