Comments Add Comment

नेपथ्यको ‘टिजर’ सार्वजनिक

काठमाडौं । लोक रक ब्याण्ड नेपथ्यले आगामी एल्बमको रेकर्डिङका कामहरु करिब सम्पन्न गरेको छ । २३ वर्षे यात्रामा यस साँगीतिक समूहले श्रोतालाई दिनलागेको यो दसौं एल्बम हो । एल्बममा मुलुकको विभिन्न भेगका यात्राको क्रममा संकलन गरिएका गीतलगायत केहि सुपरिचित कविका सिर्जना पनि समेटिएका छन् ।

Nepatyaयसपाला नेपथ्यले सम्पूर्ण एल्बमको रेकर्डिङ उसकै रिहर्सल कक्षामा गरेको हो जसका निम्ति पुरानो ‘वन टेक’ पद्दती अपनाइएको थियो । डिजिटल प्रविधिको आँधिबेहरीले संसारलाई छोप्नुअघि त्यही पुरानो पद्दतिबाट सर्वत्र रेकर्डिङ सम्पन्न हुनेगर्थ्यो । उतिबेलाका धेरै संगीतकर्मीहरु त्यो पद्दति अपनाउँदा गायक र वाद्यवादकबीच जुन किसिमको अन्तरंगता रहनेगर्थ्यो र त्यसले जुन जीवन्तता भर्दथ्यो, त्यो पाटो डिजिटल रेकर्डिङसँगै लोप हुनथालेको उल्लेख गर्छन् । झट्ट सुन्दा त्यसको आवाज चिटिक्क नभए पनि एककिसिमको सजीव स्वाद यसमा पाइन्छ ।

मिक्सिङको काम चलिरहेकै बेला ब्याण्डले एउटा गीतको सानो झल्को सार्वजनिक गरेको छ ।

‘हाम्रो दसौं एल्बमको झल्को स्वरुप पहिलो सानो टुक्रा प्रस्तुत गरेका छौं, तपाईको प्रेम र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ, मनपरेमा यसलाई साथीहरुमाझ सेयर गर्नुभए पनि हुन्छ’ भनेर नेपथ्य ब्याण्डले उसको ट्वीटर ह्याण्डलमा उल्लेख गरेको छ । ब्याण्डले गीतको टुक्राको युट्युबमा राखेको छ ।

ब्याण्डको यो ट्वीटलाई नै उल्लेख गर्दै नेपथ्यका मुख्य प्रस्तोता अमृत गुरुङले आफ्नो ट्वीटर ह्याण्डलबाट लेखेका छन्– ‘संखुवासभा, चैनपुरमा कसैले यो हेर्नुभयो भने, मलाई यो गीत दिने डिल्ले दमाइ दाईलाई सम्झना सुनाइदिनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment