Comments Add Comment

टिभी हेर्दाहेर्दै के लत लाग्यो यस्तो ? युवकले खान थाले भ्यागुता, सर्प र सांग्ला कपाकप

Captureटेलिभिजनमा थरीथरीका कार्यक्रम हेरेर केटाकेटी बिगि्रए भन्ने आरोप बाबुआमाको हुन्छ । टिभीमा अपराधीलाई मृत्युदण्ड दिएको सिको गर्दै केही बालबालिकाहरुले एक बालकलाई झुण्डाउँदा बालकको मृत्यु भएको भन्ने खबर पनि सुनिएकै हो । तर टेलिभिजनको सिको गर्ने मामिला अब केवल बालबच्चाको मात्र कुरा रहेन । यहाँ त २५ वर्षको लाठे युवकले समेत टेलिभिजन कार्यक्रम हेरेरै त्यसको सिको गर्दै अभक्ष चिज खान थालेका छन् ।

भारतको पश्चिम बंगालका एक युवकले टेलिभिजन कार्यक्रमको सिको गर्दै सर्प, किराफट्यांग्रा तथा भ्यागुतो खान थालेका छन् ।

डिस्कभरी च्यानलमा आउने टेलिभिजन सिरिज ‘म्यान भर्सेस वाइल्ड’ हेर्दा हेर्दा ती युवकको आहारा नै परिवर्तन भएर सामान्य मानिसले खानै नसक्ने कुराहरु खान थालेका छन् ।

बि्रटिस साहसी यात्री बियर गि्रल्सको टेलिभिजन शोमा उनले विभिन्न खालका जनावर तथा किराहरु खाएको देखाइन्छ । त्यसैको सिको गर्दै पश्चिम बंगालस्थित बसिरहाटका २५ वर्षीय राजकुमार दासले काँचो माछा, शंखेकिरा, भ्यागुता, सर्प, सांग्ला जस्ता चिजहरु सामान्य खानेकुरा जस्तै गरी नियमित रुपमा खान थालेका छन् ।

सानै देखि उक्त टेलिभिजन कार्यक्रमका ठूलो फ्यान रहेका दास अहिलेपनि सो कार्यक्रम हेर्न छुटाउँदैनन् र कार्यक्रम आउँदा टिभीमै झुण्डिन्छन् । ‘मैले ६-७ वर्षदेखि नियमित रुपमा यो कार्यक्रम हेर्दै आएको छु र उनले भ्यागुता, सर्प तथा अरु सबै चिज खाएको देखेको छु । त्यसैले मैले पनि त्यसै गर्ने सोँच बनाएँ । सुरुमा मलाई केही समस्या भएपनि अहिले भने काँचो माछा, किटपतंग तथा शंखेकिरा सजिलै खान सक्छु’, उनी भन्छन् ।

आफुले यस्ता चिजहरु खान थालेको लामो समय भएको र आफुलाई कुनै समस्या नआएको उनको दाबी छ । पछिल्लो समयमा आफुलाई निकै भोक लाग्न थालेको र दिनमा ८-१० पटक खान थालेको उनको भनाइ छ ।

आफुले आफ्नो यस्तो असाधारण खाने शैलीलाई टेलिभिजन मार्फत विश्वभर देखाउन चाहेको र त्यस्तो अवसर पाउने विश्वास उनको छ । यदि आफुले यस्तो क्षमता देखाउन पाएमा आफ्नो जिवनस्तर सुधि्रन्थ्यो की भन्ने उनी ठान्छन् । दासका बुवाले मासु पोलेर बेच्ने काम गर्छन् र दास बुवालाई सघाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment