Comments Add Comment

वैद्य हेडक्वाटर चरम आर्थिक संकटमा !

१६ साउन, काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी हेडक्वाटर नै आर्थिक संकटमा परेको छ । पार्टी हेडक्वाटर नै आर्थिक संकटमा परेको भन्दै कार्यकर्ताहरुलाई उत्पादनमुखी कार्य गर्न स्वयं अध्यक्षले निर्देशन दिएका छन् ।
Bhudhanagar
एकीकृत पार्टी हुँदा कोटेश्वरको पेरिशडाँडादेखि जिल्ला जिल्लामा आलिशान महलमा बसेको वैद्य माओवादीका नेताहरु पार्टी विभाजनपछि खुम्चिँदै गएका थिए । पार्टी चरम आर्थिक संकटमा गुज्रिँदै गएपछि केन्द्रीय कार्यालयको भाडा तिर्नसमेत मुश्किल परेको छ ।

पार्टी चरम आर्थिक संकटमा गुज्रिँदै गएका कारण कार्यकर्ता पंक्तिमा समेत निराशा छाएको माओवादी हेडक्वाटरको बुझाई छ । हेडक्वाटर रहेको भवनकै भाडा तिर्न नसकेको माओवादीको कुपण्डोलस्थित नेवा राज्य कार्यालय पनि खुम्चिँदै गएको छ । नेवाः राज्य कार्यालय रहेको पाँच तले भवनको दुई वटा फ्ल्याट मात्रै पार्टीले प्रयोगमा ल्याएको कार्यालयका एक कार्यकर्ताले बताए । पार्टीले भाडातिर्न नसकेपछि घरबेटीले अन्य संघसंस्थालाई केही फ्ल्याटहरु भाडामा लगाएको हो ।

‘आर्थिक समस्याकै कारण पार्टीका नेता कार्यकर्ताहरुमा नैराश्यता, अकर्मन्यता र पलायनको समस्या देखापर्यो’, वैद्यले भने, ‘आर्थिक समस्याको मुल कारण वैचारिक समस्या हो ।’ पछिल्लो समय पार्टीका नेता कार्यकर्ताहरु बदलिएको परिस्थितिमा बदलिन नसकेको भन्दै कुपण्डोलमै पार्टी कार्यकर्ताहरुसँग आक्रोश पोखेको थिए । उनले त्यति नै बेला कार्यकर्ताहरुलाई आत्मनिर्भर हुन पनि सुझाएका थिए ।

आर्थिक संकटमा गुजि्रएको वैद्य माओवादी हेडक्वाटरमा मात्रै मासिक १० लाख भन्दा बढी खर्च हुने स्रोतले बतायो । पार्टी केन्द्रीय कार्यालयको भाडादेखि स्टाफ खर्च र पदाधिकारीहरुको ब्यवस्थापन खर्च गर्न माओवादीलाई मुश्किल छ । हेडक्वाटर नै आर्थिक संकटमा परेको वैद्यले नै स्वीकार गरे पनि पार्टीको आयब्यय विवरण भने सार्वजनिक गरिँदैन ।

चरम आर्थिक संकटमा परेको वैद्य माओवादीको मासिक खर्च कति छ त ? भन्ने अनलाइनखबरको जिज्ञासामा पार्टी केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले भने-‘यो त टेक्निकल कुरा भयो, दाइहरुलाई नसोधी भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment