Comments Add Comment

तिघ्राका दाग-धर्सा देखाउन युवतीहरुबीच होडबाजी (फोटो फिचरसहित)

tigra-1

केही समय पहिले इन्टरनेटमा महिलाहरुले जिउका रौँ देखाउने अभियान नै चलाएका थिए । प्राकृतिक भुत्लायुक्त जिउमाथि गौरव गर्दै नेटिजन्स महिलाहरुले थालेको त्यो अभियान अद्यापि कायमै छ । धेरैले लाजले लुकाउने गरेका आफ्नो जिउका कुराहरु देखाउने अर्को अभियान सुरु भएको छ अहिले । इन्टरनेटमा अहिले युवतीहरुबीच आफ्नो तिघ्राका दाग, धर्सा तथा धब्बाहरु देखाउने होडबाजी चलेको छ । एकपछि अर्को गर्दै युवतीहरुले सोसल साइटहरुमा आफ्नो नांगो तिघ्राका क्लोजअप तस्वीर खिचेर अपलोड गरिरहेका छन् ।

@princess_labia नामकी टि्वटर प्रयोगकर्ताले #ThighReading. <https://twitter.com/hashtag/thighreading?src=hash> नामको ह्यासट्यागबाट जुलाई २० मा सुरु गरेको यो अभियान अहिले भाइरल नै बनेको छ । यो ह्यासट्यागमा महिलाहरुले आफ्ना तिघ्रका वास्तविक तस्वीर खिचेर अपलोड गरेका छन् जसमा धर्सा, धब्बा, दाग तथा चिनोहरु समेत रहेका छन् । कोही जन्मजात नै हुन् त कोही पछि विभिन्न कारणले बनेका दाग, जुन सुन्दरी देखिन चाहने युवतीहरुका लागि वास्तवमा मन पर्ने विषय होइनन् ।

tigra-3

आफ्नो वास्तविक नाम नखुलाएकी ती युवतीले म्यासेबल अनलाइनसँगको कुराकानीमा आफुले आफैलाई मन दह्रो बनाउन र हिम्मत जुटाउनका लागि दाग सहितको आफ्नो तिघ्राको तस्वीर उक्त ह्यासट्यागमा पोष्ट गरेको र त्यसलाई धेरै महिलाले रुचाएर ह्यासट्यागमा तस्वीरहरुको बाढि नै आएको बताउँछिन् ।

सरीरका दाग धब्बाहरुका कारण आफुलाई कुरुप ठानेर हीनताबोधमा बाँचिरहेका किशोरी, युवती तथा प्रौढ महिला समेतका लागि यो अभियान हिम्मत तथा आत्मबल जुटाउने माध्यम बनेकोमा उनी खुसी छिन् । हेरौँ तिघ्रा देखाउने अभियानमा सहभागी केही तस्वीरहरु

tigra-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment