Comments Add Comment

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टरको पराकम्प

Syaule

१६ साउन, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर शनिबार बिहान ४.२ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको छ ।

बिहान सात बजेर २२ मीनेट जाँदा सिन्धुपाल्चोकको स्याले बजार नजिकै केन्द्र विन्दु बनाएर ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति आठ बजेर १८ मीनेट जाँदा दोलखा केन्द्र बनाएर ४.५ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भुकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छन् । उक्त भूकम्पपछि चार रेक्टर स्केल म्याग्नेच्यूटभन्दा बढीका तीन सय ६६ भन्दा बढी पराकम्पन गएको मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment