Comments Add Comment

गीतवाटै रोमान्सको कुरा गर्दै रोशन

roshan-and-asmita

काठमाडौं । कहाँ सधैं समय उस्तै हुन्छ… बोलको गीतको म्युजिक भिडियोका सार्वजनिक भएसँगै पप गायक रोशन श्रेष्ठको संगीत चर्चा सुरु भएको छ । यही भिडियाले उनको पप संगीतमा दरिलो सम्भावना भएको पनि देखाएको छ ।

एक्स ब्यान्डका अग्रजहरुको सिको गर्दै स्कुले जीवनमै उनले सांगीतिक गतिविधी सुरु गरेका थिए । उनलाई अहिले पनि याद छ । उनको सांगीतिक यात्रा सहजै सुरु भएको थिएन । ट्युसन पढ्न दिएको पैसाले लुकीलुकी संगीत सिकेको थिए ।

उनी गीत संगीतको अतिरिक्त संगीतलाई मुख्य बिट बनाएर प्रकाशित ‘मुजबज’ अंग्रेजी मासिक पत्रिकाको प्रकाशक तथा क्रियटिभ हेड पनि हुन् । त्यसो त रेडियो रियाजमा कार्यक्रम सञ्चालकको रुपमा पनि उनलाई पाउन सकिन्छ ।

तीन वर्ष शास्त्रीय संगीत सिकेको रोशनका गीत सुमधुर छन् । आफ्नै शब्दलाई संगीतमा उन्न सिपालु रोशनले आफ्ना गीतलाई प्रेम, रोमान्स र र दर्शनको त्रिवेणी बनाएका छन् ।

पछिल्लो भिडियो दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । एसियन म्युजिकले बजारमा ल्याएको भिडियोलाई अनुप गिरीले निर्देशन गरेका छन् । मोडलिङमा अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment