१६ साउन, काठमाडौं । इदको अबसरमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १० किलो आँप पठाए ।
एक पत्रिकाको शीर्षक थियो, सीमामा गोलाबारीका बीच ‘आँप कूटनीति’को भरोसामा शरीफ
यो प्रष्ट छ कि ‘आँप कूटनीति’ले काम गरेको छैन । यसले भारत र पाकिस्तानको सीमामा हुने गोलाबारी कम भएको छैन । हालै मात्र भारतले पाकिस्तानमाथि पञ्जाबको गुरदासपुरमा चरपन्थी आक्रमणको आरोप लगाएको छ ।
किन पठाउँछ पाकिस्तानले आँप ?
शरीफले भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई १५ किलो र पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी र महमोहन सिंहलाई १०-१० किलो आँप पठाएका छन् ।
त्यही समय युद्धविराम उल्लंघनको अर्थ यो निस्कियो कि पाकिस्तानी रेन्जर्सले इदको मौकामा भारतीय सीमा सुरक्षा बलले पठाएको मिठाइ लिन अस्वीकार गर्यो ।
दुई देशबीच तिहारमा मिठाइ आदान प्रदान आँप कूटनीति जस्तै हो । तर, फरक पनि छ ।
दुई देशको सम्वन्ध जस्तो तनावपूर्ण भएपनि पाकिस्तानले हरेक वर्ष भरतलाई आँप पडाउँछ । तर, भारतले अहिलेसम्म त्यसको जवाफ दिएको छैन ।
पाकिस्तानी आँपको जवाफमा भारतीय आँप पठाउन अस्वीका गर्नुको अर्थ परमाणु सम्पन्न दुई देश युद्धको नजिक छन ? भारतीय विदेश मन्त्रालयका प्रवक्ता यो निष्कर्षलाई अस्वीकार गर्छन ।
विवाद गुणस्तरको
फलको राजा मानिने आँप भारत र पाकिस्तान दुबै देशमा उत्पादन हुन्छ । भारतमा पाकिस्तानको भन्दा आठ गुणाबढी आँप उत्पादन हुन्छ । तर, भारत र पाकिस्तानबीचको चर्को विवाद आँपको गुणस्तरमा छ ।
पूर्व राजनीतिज्ञ एवं नेता मणि शंकर अथ्यर भने भारतले पनि पाकिस्तानका नेताहरुलाई आँप पठाउन राम्रो हुने विचार राख्छन् ।
पाकिस्तानी राजनीतिक टिप्पणीकार आएशा सिद्धिक आँप र क्रिकेट भारत-पाकिस्तान वार्ता सुरु गर्ने पुरानो तरिका भएको बताउँछन् । उनी भन्छन्-‘यस्तो लाग्छ भारत र पाकिस्तानसँग एक अर्कालाई भन्ने केही नयाँ छैन ।’
बीबीसी हिन्दीको सहयोगमा