Comments Add Comment

तातोपानी सडक खुलाउन चिनियाँ सुरक्षाकर्मीको साथ

Tatopani1

१६ साउन,काठमाडौं । विनाशकारी भूकम्पसँगै ठूला ठूला पहरा फुटेर पहिरो गएपछि अबरुद्ध बनेको अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक खण्ड खुलाउन नेपाल र चीनका सुरक्षाकर्मी संयुक्त रुपमा जुटेका छन् ।

सरकारले सडक खुलाउन नेपाली सेनालाई जिम्मा दिए लगत्तै शनिवार विहानबाट नेपाल चीन सिमानाको मितेरी पुलदेखि सडक बनाउने र पन्छाउने काम शुरु भएको हो ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक मर्मत थालेका छन् । नेपाली सुरक्षाकर्मीलाई चीनका सशस्त्र प्रहरीले साथ दिएका छन् ।

चिनियाँ सशस्त्र प्रहरीका एक जनरलको नेतृत्वमा एक सय जना भन्दा बढि चिनियाँ सुरक्षाकर्मी सडक खुलाउने उपकरण सहित सहभागी भएको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जनाएका छन् ।

Tatopani2

कतिपय ठाउँमा सडक फराकिलो बनाउँदै तातोपानीदेखि गाडीचौरसम्म ३६ किलोमिटर सडक सुचारु गरिनेछ । राजमार्गमा पहिरोले ठूला ठूला ढुंगाहरु झारेको छ ।

वैशाख १२ को पहिलो भूकम्प लगत्तै अवरुद्ध भएको राजमार्गलाई चीनिया सुरक्षाकर्मीले खुलाएका थिए । तर वैशाख २९ गतेको अर्को भूकम्पपछि पुनः अवरुद्ध भएको थियो ।

केही दिनअघिमात्र नेपालकै सडक बिभाग लगायतको पहलमा अस्थायी रुपमा बाटो पन्छाएर खासामा रहेका ३ सय नेपाल ल्याइएको थियो ।

यो राजमार्ग अवरुद्ध हुँदा अर्बौका सामान चीनतर्फ रोकिएका छन् भने नेपाल चीन आवागमन पनि प्रभावित भएको छ । नेपालको सबैभन्दा ठूलो मध्येका एक व्यापारिक नाका तातोपानी अहिले मानव विहीन अवस्थामा छ ।

भूकम्प र पहिरोले तातोपानी, लिपिङ लगायतका गाउँनै तहसनहस बनाएपछि बाँचेकाहरुले गाउँ छाडिसकेका छन् ।

तस्वीर साैजन्यः सृष्टि काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment