Comments Add Comment

जनताका सुझाव समेट्न नेतालाई सकस

१६ साउन,काठमाडौं । संविधानमा जनताका सुझावहरु समेत समेटेर एकीकृत प्रतिवेदन तयार पार्न गठित शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक सिंहदरवारमा बसिरहेको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा रहेको विशेष समितिमा चार दलका शीर्ष नेता छन् ।

विशेष समितिलाई आजै अपरान्ह ३ बजे बस्ने संवाद समितिको बैठकमा जनताका सुझाव समेटेर एकीकृत प्रतिवेदन पेश गर्ने समय दिइएको छ ।

शीर्ष नेताहरुले काम गर्न सजिलोका लागि एमाले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा अनौपचारिक कार्यदल बनाएर काम गराइरहेका छन् ।

रावल नेतृत्वको कार्यदलको बैठक पनि सिंहदरवारमै बसिरहेको र मस्यौदा परिमार्जनको काम भइरहेको भट्टराईले बताए । शीर्ष नेताहरुबीच द्धिपक्षीय छलफल पनि चलिरहेको छ ।

प्रदेशहरुको सिमांकन,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख,धर्म निरेक्षता र नागरिकताको विषयमा आएका जनताका सुझावलाई कसरी समेट्ने भन्नेमा दलहरुबीच सहमति भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment