Comments Add Comment

झरनासँग बोल्ड सिन दिएका सोनु निगमलाई शाहरुखले बनाए चर्चित

Sonu-Nigam-Wallpaper1

मुम्बई । पाश्र्व गायकका रुपमा परिचित सोनु निगमले केही चलचित्रमा अभिनय समेत गरेका छन् । ४२ वर्ष प्रवेश गरेका सोनुले हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा नेपाली अभिनेत्री एवं पूर्व मिस नेपाल झरना बज्राचार्यसँग दिएको बोल्ड सिनको अहिले पनि उत्तिकै चर्चा हुन्छ ।

झरनाले समेत महत्वकाँक्षी मानेको उक्त चलचित्र ब्यबसायिक रुपमा असफल भएपनि पनि सोनु र झरनाको बोल्ड सिनले राम्रै चर्चा पाएको थियो । जानी दुश्मन, एक अनोखी प्रेम कहानी, काश आप हमारे होते लगायतका फिल्ममा उनले नायकको भुमिका निर्वाह गरेका थिए । तर, अब्बल नायकका रुपमा स्थापित हुन सकेनन् ।

गायकको रुपमा चर्चित सोनुले अहिलेसम्म हिन्दी उर्दु, अंग्रेजी, तमिल, बंगाली, पञ्जाबी, मराठी, तेलुगु, भोजपुरी लगायत ३२० भन्दा धेरै फिल्ममास्वर दिईसकेका छन् । उनले हिन्दी चलचित्र ‘जनम’ मा पहिलो पटक गीत गाएका थिए तर, उक्त फिल्म आजसम्म प्रदर्शन भएको छैन ।

गायक बन्ने धुनमा लगभग पाँच वर्ष मुम्बईको गल्ली चहारेरै बिताएका थिए सोनुले । संघर्षको दिन कम्ति टिठ लाग्दो थिएन । उनी हरेक निर्माता/निर्देशकलाई भेटथे आफु मेहनती भएको भन्दै गीत गाउन दिन आग्रह गर्थे । उनका कुरा सुन्नेहरु अगाडी पर्दा म गाउन दिन्छु भन्थे तर, कहिल्यै बोलाउदैनथे । संघर्षकै क्रममा उनले केही बी र सी ग्रेडका फिल्ममा गाए पनि । त्यस्ता फिल्मले दाल रोटीको ब्यबस्था बाहेक अरु केही गरेन ।

सन १९९५ उनका लागि निकै महत्वपूर्ण वर्ष साबित भयो । टेलिभिजनमा सांगीतिक कार्यक्रम ‘सारेगामा’ होष्ट गर्ने अवसर पाए । उक्त कार्यक्रम यति चर्चित भयो । अघिल्ला भेटमा उनलाई भेटेपछि बोल्न नचाहनेहरु समेत उनको समय लिएर कुरा गर्न लालयित हुन थाले ।

jharana-and-sonu

यही विचमा टि-सिरीजका मालिक गुलशन कुमारले उनलाई ‘बेवफा सनम’ गाउने अवसर दिए । उक्त फिल्ममा गाएको ‘अच्छा सिया दिया तुने प्यार…काफी लोकपि्रय भयो । त्यसपछि त पाश्र्वगायकको रुपमा स्थापित भईहाले ।

त्यसपछि त उनलाई राम्रा ब्यानरका फिल्मवाट भटाभट प्रस्ताब आउन थाल्यो । दिल से, सोल्जर, आ अब लौट चले, सरफरोस्, ताल जस्ता फिल्ममा गाउने अवसर पाएपछि बलिउडका चर्चित गायक गायिकाको पंक्तिमा उनले पनि ठाँउ पाए ।

सन १९९७ मा उनले अनु मलिकको संगीतमा चलचित्र ‘बोर्डर’ मा गाउने अवसर पाए । उक्त चलचित्रमा रहेको सन्देशे आते है… गीत रिजिल भएसंगै बलिउडमा सोनुको चर्चा गर्नेहरु निकै थपिए ।

सोही वर्ष नदीम श्रवणको संगीतमा शाहरुख खान अभिनित ‘परदेश’ मा गाउन अवसर पाए । उक्त चलचित्रको ये दिल दिवाना… गाएपछि उनले आफ्नो बहुरुपी प्रतिभा मात्रै प्रस्तुत गरेनन् । युवापुस्ताका दर्शकमाझ क्रेज पनि बढाए ।

अहिलेसम्म उनले दुई पटक फिल्मफेयर अवार्ड पाएका छन् । सन २००२ मा साथियावाट साथिया… बोलको गीतवाट अवार्ड पाएका थिए भने सन २००३ मा कल हो ना हो को शीर्षगीतवाट सर्वश्रेष्ठ पश्वगायकको पुरस्कार पाएका थिए ।

एउटा सफल गायकको परिचय बनाएका सोनु सामाजिक काममा पनि सक्रिय छन् । कारगील युद्ध र भूकम्प पीडित परिवारका वालवालिकाको शिक्षाका लागि काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment