Comments Add Comment

नेपाली जनसम्पर्क समिति जर्मनीमा विजय मोक्तान विजयी

बर्लिन (जर्मनी) । नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा विजय मोक्तान सर्वसम्मत रुपमा चयन भएका छन । जर्मनीको बर्लिनमा भएको समितिको तेस्रो अधिवेशनबाट मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिका उपसभापतिमा शंकर डांगी, बसन्त पाँडे, रिता दाहाल र गणेश ताल्चाभडेल विजयी भए ।

महामन्त्रीमा महाकुमार श्रेष्ठ चुनिए भने  सह—महामन्त्रीमा प्रेम कंडेल र नारायणलाल श्रेष्ठ तथा कोषाध्यक्षमा विनय गुरुङ र सह—कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।

समिति सदस्यहरुमा दीपक लामा, सुनील लामा, मोहन गुरुङ, प्रकाश कार्की, सकुन्तला खनाल र हरी अर्याल चुनिएका छन् ।

germany-janasampark-1

२५ बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने मोक्तानको घोषणा

नव निर्वाचित सभापति मोक्तानले आफ्नो कार्यकालको आरम्भसँगै नेपालको भूकम्पपीडित २५ बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । उनले २५ बालबालिकालाई पाँच लाख रुपैंया प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसअघि समितिको तेश्रो अधिवेशनका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अर्जुन जोशीले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै जोशीले कांग्रेसको आसन्न १३ औं महधिवेशनमा जनसम्पर्क समितिबाट १२ औं महाधिवेशनको तुलनामा बढी महाधिवेशन प्रतिनिधि चयन हुने जानकारी दिए ।

नयाँ संविधान निर्माणको सुनिश्चितताः गगन

उद्घाटन कार्यक्रममा संविधानसभाका सभासद एवं कांग्रेस केन्द्रीय सदस्य गगन थापाले नयाँ संविधान निर्माणको सुनिश्चितता भएको बताए । थापाले नयाँ संविधान जारी गर्नु पहिले संघीय राज्यहरुको सीमांकन समेत टुंग्याउनुपर्नेमा जोड दिए ।

germany-janasampark-gaganनयाँ संविधान जारी भैसकेपछि कांग्रेस र एमालेवीचको गठबन्धनमा सरकार बनाउन नहुनेमा थापाले बताए । प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाहका लागि पनि दुई मध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने उनको भनाइ छ ।

नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी सहितको शासकीय प्रणालीमा जानुपर्छ भन्ने भए पनि पार्टीको लाइनको विरोध नगर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलवहादुर गुरुङले शीला खोज्नुपर्ने अवस्थामा रहेको कांग्रेसलाई संगठित बनाउने काम जर्मनीबाट सुरु भएको बताए । उनले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिनुपर्ने व्यवस्था समेत जर्मनीबाट सुरु भएको बताउदै गुरुङले जनसम्पर्क समिति र एनआरएनलाई अघि बढाउने भूमिकामा जर्मनी अग्रणी स्थानमा रहेको बताए ।

महाबाणिज्यदूत रामप्रताप थापाले गैरआवासीय नेपालीलाई नागरिकता दिने बिषयमा जर्मनीमा रहेका नेपालीको महत्वपुर्ण भूमिका रहेको बताए ।

कार्यवाहक राजदूत प्रकाशमणि पौडेलले बाहिर बस्ने नेपालीहरुमा एकताको बलियो सम्बन्ध रहेको बताउदै देशको इज्जत र प्रतिष्ठाका लागि एकता आवश्यक रहेको बताए ।

शरण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव  कुमार पन्त, एनआरएन जर्मनीका पुष्प थापा, रणवहादुर विक, नवराज रोस्यारा, नेपाली कांग्रेस नेदरल्याण्ड जनसम्पर्क समितिका सल्लाहकार हरि पौडेल, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतम लगायतले धारणा राखेका थिए ।

–अमर गोर्खालीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment