Comments Add Comment

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा गगनले राखे फरक मत

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा पार्टीमा फरक मत दर्ज गरेका छन् ।

Gagan Thapa with onlinekhabar3बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा थापाले फरक मत राखेका हुन् । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भनेर पहिलेदेखि नै आफ्नो कुरा राख्दै आएको हुँ’ थापाले अनलाइनखबरसँग भने-आज लिखित रुपमै फरक मत राखेको छु ।’

नयाँ संविधानको मस्यौदामा सुधारिएको संसदीय व्यवस्था प्रस्ताव गरिएको छ । एमाओवादीले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्ने भन्दै फरक मत राखेको छ ।

तर, संविधानको मस्यौदामा जनमत संकलन गर्ने क्रममा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राख्न सुझाव आएको छ ।

थापाले प्रदेशहरुको सीमांकन गरेर मात्र संविधान जारी गर्न समेत नेतृत्वलाई आग्रह गरेका छन् । ‘तीन महिनाभित्र सीमांकन गर्नुपर्छ भने अहिले सीमांकन नगर्नु गर्ने कुनै तर्क छैन’ बैठकमा थापाले भने-‘सीमांकन नगर्ने हो भने यसका विरुद्ध आन्दोलन गर्ने वातावरण बनाइदिनुहुन्छ ।’

थापाले नागरिकतासम्वधी व्यवस्था र निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नु पर्ने बताए । संसद सानो हुने र अहिलेको भन्दा समावेशी पनि बनाउने विधी भएको तर, नेताहरुले सुन्नै नचाहेको उनको गुनासो थिए ।

बैठकमा विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर लगायतका नेताहरुले पनि सीमांकन गरेर मात्र संविधान जारी गर्नु पर्ने बताए । उनीहरुले धर्म निरपेक्षता स्वीकार गरिसकेको भन्दै अब त्यसलाई छाड्न नहुनेमा जोड दिएका छन् ।

तर, शंकर भण्डारीले भने हिन्दु राष्ट्र नभए कुनै पनि निर्णय नमान्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment