Comments Add Comment

फ्लोरिडाका नेपाली विद्यार्थीबाट साढे चार लाख सहयोग

NSA FLUफ्लोरिडा । अमेरिकाको फ्लोरिडाका नेपाली विद्यार्थीहरुले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा साढे चार लाख रुपैयाँ जम्मा गरेका छन् ।

अमेरिकाको फ्लोरिडा एटलान्टिक युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संगठन नेपाली स्टुडेन्ट एशोसियशनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा सहयोग पठाएका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपाली विद्यार्थीहरुले अमेरिकी डलर ४ हजार ५ सय ११ अर्थात ४ लाख ६२ हजार ७ सय ७९ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment