Comments Add Comment

सरकारका प्रवक्ताले भने- १५ दिनपछि प्रधानमन्त्री बन्दा के हुन्छ ?

Minendra-Rijal

सन्देश श्रेष्ठ

१६ साउन, पोखरा । सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री मिनेन्द्र रिजालले १५ दिन पछि सारेर भएपनि सीमाङ्कन सहितको संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा आयोजित ‘स्वर्गिय दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रम रिजालले भने-‘१५ दिनपछि संविधान जारी गर्दा के हुन्छ ? १५ दिनपछि कोही राष्ट्रपति वा प्रधानमन्त्री बन्दा के हुन्छ ? तर, १५ दिनपछि सिमाङ्कनसहितको संविधान जारी गर्दा सबै खुशी हुन्छन् ।’

उनले संविधान जारी गर्ने समय पछाडि धकेल्दा संविधान नै जारी नगर्ने षड्यन्त्र भने कसैले गर्न नहुने बताए । संसारकै उत्कृष्ट संविधान बनाउन तर्फ लागियो भने संविधान नै नबन्ने तर्क गर्दै उनले भने-‘यो सम्झौताको संविधान हो, सम्झौता नगरे देशले मूल्य चुकाउनुपर्छ, भगवान बन्ने कोशिष गर्नु हुँदैन मान्छेले, किनभने हामी मान्छे हौं, त्यसैले सबैको सम्बोधन सम्भव छैन, सम्झौताको संविधान सबैले मानौं ।’

उनले धार्मिक स्वतन्त्रता संविधानमा उल्लेख गरेपनि धर्म परिवर्तन गर्न नपाईने स्पष्ट पारे । लोभ, लालच, भय, त्रास र दवाबमा धर्म परिवर्तन गर्न नपाइने संविधानमा ज्ञारेन्टी गरिने बताए ।

कांग्रेस नेता समेत रहेका मन्त्री रिजालले संविधानमा गाईलाई राष्ट्रिय जनावर कुनैपनि हालतमा राखेरै छाड्ने बताए ।

पत्रकार महासंघ कास्कीद्वारा वितरण गरिँदै आएको ‘स्वर्गिय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७१’ बाट प्रेस स्वतन्त्रताका सेनानी कुसुमकेशव पराजुली सम्मानित भएका छन् ।

पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment