Comments Add Comment

एनआरएनको न्युयोर्क साधारणसभा सेप्टेम्बरमा हुने

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) को वार्षिक साधारणसभा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने भएको छ । वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको एनआरएन अमेरिका यतिबेला संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्तसहित संगठन निर्माणमा जुटेको छ ।

nrn usa logoनिर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पिडित जनको सेवा गरि फर्किएको एनआरएन अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटेको हो ।

शुक्रबार सम्पन्न संघको नियमित बैठकले संघको साधारण सदस्य सम्बन्धी दीर्घकालिन समस्या समाधानको बाटो पहिचान गरि प्रभावकारी सदस्य प्रक्रिया सुझाउन संघका पूर्व उपाध्यक्ष श्री पराजुलीको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलले यथा शिघ्र संघको साधारण सदस्य सम्बन्धी दीर्घकालिन समस्या समाधानको बाटो पहिचान गरि प्रभावकारी सदश्य प्रक्रिया सुझाउने संघको अपेक्षा छ ।

यसैगरी नेपाली अमेरिकन महिलाहरुलाई संगठित गर्ने र उनीहरुको मुद्धामा केन्द्रित रहँदै प्रभाकारी काम कारबाही संचलान गर्ने उद्देश्यले संघको महिला संयोजक राधा पौडेल संयोजक र सदस्यहरु इंदिरा त्रिपाठी, लक्ष्मी रानाभाट, मीरा वस्ती,  अभिमा उप्रेती, गीता पन्त, बिमला गुरुङ, माला महत रहेको अर्को कार्यदल समेत गठन गरेको छ ।

यसैगरी आसन्न एनमा-नासाको आसन्न अधिबेशनमा संघको प्रतिनिधत्व हुने गरि एनआरएन फोरम संचालन गर्न संघकी महिला संयोजक राधा पौडेललाई जिम्मेवारी दिएको छ ।

गतसाता प्रबुद्ध नेपाली अमेरिकनहरु मध्यबाट सन्तुलित सल्लहाकार समूह चयन गरेको संघले यस अघिनै नेपाली अमेरिकनको चासो र सरोकारको बिषय रहेका मुद्धाहरुलाई सम्बोधन गर्ने क्रममा संजिव सापकोटाको नेतृत्वमा जनस्वास्थ्य सम्बन्धी सरोकार राख्ने कार्यदल गठन गरेको एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment