Comments Add Comment

कोरियाको फेन्थेकमा सुनखरिको साङ्गीतिक कार्यक्रम हुँदै

KOREAसउल । कोरियाको फेन्थेक सहरमा सुनाखरिको साङ्गीतिक कार्यक्रम हुने भएको छ । दुई तारिख आइतबार हुन लागेको उक्त कार्यक्रममा कोरियाकै चर्चित सुनाखरि समूहले गर्मी बिदामा उक्त कार्यक्रम गर्ने लागेको हो ।

आरती सेल्टर उद्घघाटन कार्यक्रमसँगै हुन लागेको उक्त कार्यक्रममा कोरियाका साङ्गीतिक हस्तिहरु डीआर अटु, रमेश संग्रैाला, रघु महर्जन, समीर मोक्तान, सरोज अधिकारी, शिव थापा तथा मीना लामाको प्रस्तुति रहने छ । सपना अधिकारीले सञ्चालन गर्ने उक्त कार्यक्रमको छायांकन नरेन श्रेष्ठले गर्ने सुनाखरी समूहका प्रबक्ता दीपक शर्माले जनाए ।

उक्त साङ्गीतिक समूहको दोस्रो बर्षगांठ पनि सोहिदिन मनाउने प्रवक्ता शर्माको भनाई रहेको छ । निजी क्षेत्रबाट सञ्चालित उक्त सेल्टरले कोरियामा आपतमा परेका र काम छाडि बसेका महिला र पुरुषहरुको लागि छुट्टाछुट्टै आवास रहेको उक्त सेल्टरमा ४० जाना भन्दा बढी रहन सक्ने ब्यवस्थापक जीवन थापाले जनाएका छन्।

कार्यक्रममा उपस्तथितिका लागि कोरियाका क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरू, श्रमिक , ब्यपारी, पत्रकार, बुद्धिजीवी लगायत सबैमा कार्यक्रम ब्यवस्थापक थापाले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment