Comments Add Comment

गुल्मीका शिक्षक बने नमूना कृषक

१६ साउन, गुल्मी । पेशाले उनीहरु दुवै भाई प्रावि तहका शिक्षक हुन् । विहान भालेको डाको संगै उठ्नु, वारीमा जानु र धस्सिएर काम गर्नु अनि खान खाएर विद्यालय जानु, फेरि साँझ फर्केर वारीमा पसेर राती अवेर सम्म बत्ती वालेर काम गर्नु उनीहरुको दिनचर्या हो । रातको समयमा वारीमा वत्ति वलेको देखेपछि उनका विद्यार्थीहरुले भन्ने गर्छन-‘ल हेर, यो रातमा पनि जीवन सर र लक्ष्मण सरले बारीमा काम गर्दै हुनुहुन्छ । ‘
जीवन र लक्ष्मण सर, गुल्मी हुँगा गाउँका शिक्षक मात्र होईनन् व्यवसायीक तरकारी खती गर्ने त्यसगाउँका अगुवा कृषक पनि हुन् । हुँगा-१ , ठूलापोखरा निवासी ३२ वषर्ीय जीवन भण्डारी र उनका भाई ३० वषिर्य लक्ष्मण भण्डारीले अहिले आफनो युवा जोस घरको माटोमा लगाएर सुन फलाएका छन् भन्दा फरक पर्दैन ।

जवकी उनीहरुले बढिमा ६ महिनभर काम गरेको टमाटर खेतीबाट ७ लाख रुपैयाँ चोखो आम्दानी लिदै छन् । त्यसका लागि श्रमका अलवा उनीहरुले डेढ लाख रुपैयाँ लगानी गरेका थिए । जुन लगानी टमाटर सँगै लगाएको काउलीले उठाउने उनीहरुले बताए ।

gulmi teacher‘टमाटारको फेंदमा ५ हजार वोट बन्दा रोपेका छौं’ भन्डारी बन्धुले भने -‘त्यसबाट प्रति किलो २० देखि २५ रुपैंयाँका दरले २ लाख रुपैयाँ पर्दछ । त्यसैबाट लगानी उठाईन्छ भने्, टमाटरको ७ लाख चोखो आम्दानी लिईन्छ ।’ आˆनो पुरै पाँच रोपनी वारीमा उक्त खेती गरेका उनीहरुले परम्परागत खेती कोदो मकैको भन्दा चौगुना बढि आम्दानी लिएको बताए ।

उनीहरुले आगामी वर्ष अरुको पाँच रोपनी बारी भाडामा लिएर १५ हजार वोट टमाटर खेती गरेर वाषिर्क १५ लाख भन्दा बढि आम्दानी लिने लक्ष्य लिएका छन् । जीवनकी पत्नी ज्योति भण्डारीले यसअघि स्टेशनरी पसलमा दिएको समय अहिले त्यसै खेतीमा लागाउने गरेको बताउँछिन् ।
जनजागृति उच्च माध्यामिक विद्यालय हुँगामा जिवनले पढाउने गर्दछन् । भाई लक्ष्मणले पिपलडाँडा प्राथामिक विद्यालय पल्लीकोटमा पढाउँछन् । लक्ष्मणको श्रीमती कविता पनि वुद्धि विनोद प्राथामिक विद्यालयकी बाल शिक्षा कोटाकी शिक्षिका हुन् । एकै परिवारका ती तिनै जना शिक्षकको तरकारी खेतीमा गरेको त्यो पौरख देखेपछि अहिले त्यस गाउँका सयौं कृषक व्यवसायीक तरकारी खेतीमा लागेको स्थानिय सञ्चारकर्मी प्रेमचन्द भण्डारी बताउँछन् ।

पैंचो पसल प्रालिका प्रवन्ध निर्देशक धु्रव न्यौपानेका अनुसार यस वर्ष त्यस हुँगा गाविसबाट मात्रै दुई करोडको तरकारी त्यस प्रालिले निर्यात गदैं छ । न्यौपानेको अनुभवमा पनि अहिले बढि मात्रमा शिक्षकहरु नै आधुनिक कृषि प्रणालीको विकासमा अभ्यस्त छन् ।

उता हर्दिनेटा २ धरमपानीका शिक्षक शशी सर भन्ने चतुर्भुज पन्थले त्यहाँका मौरी पालक कृषकहरुको नेतृत्व गरी रहेका छन् । उनी पनि प्रावि तहका शिक्षक हुन तर शिक्षकको तलव भन्दा बढि उनले वाषिर्क ३ लाख रुपैयाँ उनले मौरीपालनबाट कमाउने गरेका छन् । उनीसहित गुल्मीका हरेक गाविसका शिक्षकहरु तरकारी खेती, माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् । रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घास घर भई महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासका शिक्षक कृष्णप्रसाद मरासनी भन्छन्-‘अव हामी शिक्षकहरुलै समग्र विकासका लागि उदाहरणीय काम गरेर देखाउनु पर्छ ।’

विद्यालयको समय समेत राजनितिमा लागाउने गरेको आलोचना खेप्दै आएका यहाँका शिक्षकहरुलाई कृषि, जलविद्युत रपर्यटन विकासमा विद्यालय वाहेकको् समय खर्चिन शिक्षक मरासीनीको सुझाव छ ।

यिनै तीन वटा क्षेत्रलाई अंगाल्न सके मात्र देशको अर्थतन्त्र मजवुत पार्न सकिन्छ भन्ने ठम्याई शिक्षक मरासनीको छ । उनले उनै हुँगाका शिक्षकको उदाहरण दिदै भने-‘जवकी एउटा प्रा.वि. तहका शिक्षकको मासिक तलव १८ हजार ७ सय ३० हुन आउँछ तर उहाँहरुले त्यसको दोव्वर तरकारी खेतीबाट कमाउन थाल्नु भयो ।’ हुन पनि ती एक शिक्षकको ६ महिनाको तलव जोड्दा जम्मा १ लाख १७ हजार १सय ४० रुपैयाँ हुन आउँछ । तर भण्डारी वन्धुका तिनै जना शिक्षकहरुको तलवको झण्डै दोव्वर कमाई छ महिनाको टमाटर खेतीले दियो । तपाई पनि ती शिक्षकहरुले जस्तै आˆनै खेतवारीमा सुन फलाउने कि ?

–प्रेम सुनारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment