Comments Add Comment

साफ यू-१६ च्याम्पियनसिप नेपाल र अफगान एकै समूहमा

१६ साउन, काठमाडौं । साफ यू-१६ च्याम्पियनसिप फुटबलमा नेपाल र अफगानिस्तान एकै समूहमा परेका छन् ।

शनिबार सार्वजनिक ड्र अनुसार नेपाल समूह बीमा परेको छ, जुन समूहमा अफगानिस्तान र माल्दिभ्स छन् । समूह एमा भारत, श्रीलका र आयोजक बंगलादेश छन् ।

भुटान र पाकिस्तानले भने यो पटक प्रतियोगितामा भाग लिएका छैनन् ।

प्रत्येक समूहको शीर्ष दुई टीम सेमिफाइनलमा पुग्नेछ । अगष्ट ९ बाट प्रतियोगिता सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment