Comments Add Comment

प्रकृतिको ‘कुचीकार’ गिद्ध संरक्षणको पहल

१७ साउन, काठमाडौ । प्रकृतिको कुचीकार मानिने गिद्धको संख्यामा कमी आएपछि विशेष संरक्षण कार्यक्रम अघि सारिएको छ । गिद्धले मरेको जीवजन्तुलाई खाएर प्रकृतिलाई सफा गर्ने भएकाले यो पन्छीलाई कुचीकार पनि भनिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्धको संख्यामा सुधार ल्याउन ५ वर्षे कार्ययोजना अघि सारेको छ ।

giddhआगामी पाँच वर्षमा गिद्धको प्रकृतिक सुरक्षित आहारा, सुरक्षित बाससस्थान र लोपोन्मुख प्रजातिको संख्या वृद्धि गर्ने उद्देश्यका साथ कार्ययोजना अघि बढाइएको नेपाल समाचारपत्रमा खबर छ ।

डाइक्लोफेनेक औषधि (गाईबस्तुलाई दुःखाइ कम गर्न औषधि) पूर्ण प्रतिबन्ध गरिने विभागले जनाएको छ । गिद्धको आहारामा नकारात्मक असर पार्ने डाइक्लोफेनेक अब पूर्ण प्रतिबन्ध गरिने विभागका प्रवक्ता डा. महेश्वर ढकालले बताए ।

सन् २००६ मा औषधि ब्यवस्था विभागले सो औषधि प्रयोगमा प्रतिबन्ध लगाए पनि विभिन्न जिल्लामा लुकिछिपी प्रयोग हुँदै आएको छ । गिद्धको संख्या कमी आउने प्रमुख कारण पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकलाई मानिएको छ ।

हालसम्म विभिन्न ४६ जिल्ला मात्रै गिद्धको बासस्थान विषदीरहित घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment