Comments Add Comment

वल्फ्सबर्गले जित्यो जर्मन सुपर कपको उपाधि

Wolfsburg

१७ साउन, काठमाडौं । बार्यन म्युनिखलाई पराजित गर्दै वल्फ्सबर्गले पहिलो पटक जर्मन सुपर कपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा वल्फ्सबर्गले वुन्डेजलिगा च्याम्पियन बार्यन म्युनिखलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गरेको हो ।

उसको जितमा निकलस बेन्ड्टनेर हिरो बनेका छन् । उनले अन्तिमतिर बराबरी गोल गरे भने पेनान्टी सुट आउटमा पनि विजयी गोल गरे ।

खेलमा बार्यन म्युनिखले ४९ औं मिनेटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको थियो । ७४ औं मिनेटमा थिएगमेको मैदान प्रवेश गर्दै भिडालले डेब्यू गरे ।

तर, ८९ औं मिनेटमा बेन्ड्टनेर बराबरी गोल गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

पेनाल्टी सुट आउटमा बार्यनका जाभी एलोन्सा चुके भने वल्फ्सबर्गका बेन्ड्टनेरले विजयी गोल गर्दै टीमलाई उपाधि दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment