Comments Add Comment

युवा कविता प्रतियोगिता भदौमा

काठमाडौँ । युवा सात्यिकारको राष्ट्रिय सञ्जाल विमर्श नेपालले १९ देखि ३० वर्ष समूहका युवा कविबीच आगामी भदौमा राष्ट्रिय युवा कविता प्रतियोगिता गर्ने भएको छ ।

बुकआर्ट नेपाल र रिडमोर प्रकाशनको सहयोगमा हुने उक्त प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा हुने बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनीअन्तर्गत भदौ ५ गते सम्पन्न गरिनेछ । इमेल वा पोष्टबक्स नं २५८५९ मा यही साउन २५ गतेसम्म प्राप्त कवितालाई निर्णयकमण्डलले मूल्याङ्कन गरी छनोटमा परेकाहरूका बीच वाचन प्रतियोगिता गराइनेछ ।

प्रथम, द्वितीय र तृतीय तथा चतुर्थ स्थानका दुई कविलाई क्रमशः रु २०, १५, १० र पाँच/पाँच हजार राशिका नगद पुरस्कार दिइने विमर्शका अध्यक्ष किरण भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment