Comments Add Comment

जुरे पहिरोको एक वर्षमा पनि पीडितको बिजोग

१७ साउन,काठमाडौं । सिन्धुपाल्चोकको राम्चे गाविसस्थित जुरेमा भयानक पहिरो गएर सयौंको ज्यान लिएको तथा सुनकोशी नदी थुनिएको एक वर्ष पुगेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

जुरेको पहिरो र नदी थुनिएर घरबार गुमाएका पीडितहरुको पुनर्स्थापना एक वर्षसम्म हुन सकेको छैन । पहिरो पीडितहरु अहिले पनि पाल र गोठमा छन् ।

जुरे पहिरो पीडितको नाममा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कसरी वितरण भयो वा हुन बाँकी छ ? पीडितहरुले पाएका छैनन् ।

सिन्धुपाल्चोकको जिल्ला दैवी प्रकार उद्दार कोषमा जुरे पहिरो पीडितका नाममा संकलित दुई करोड २५ लाख रुपैया पनि वितरण हुन नसकेको जिल्ला प्रशासनले स्वीकार गरेको छ ।

यतिसम्मकी जुरेको पहिरो पीडितका लागि भन्दै कतिपय संघ संस्था र सन्चारगृहले उठाएको पैसा पनि पीडितले पाएका छैनन् ।

जुरेको पहिरो र सुनकोशी नदी थुनिएर गाउँ बस्तिनै सखाप भएपछि विस्थापित बनेकाहरुको पुनस्र्थापना अहिलेसम्म हुन नसकेको सिन्धुपाल्चोक जिल्लाका पूर्व जिविस सभापति सरेश नेपालले बताए ।

बिस्थापितहरुमध्ये कतिपय काठमाडौंमा छन् भने काठमाडौंमा घर तथा बसोबास नहुनेहरु पालमुनि छन् ।
पहिरोले बगाएको बनसाँघु माध्यमिक विद्यालय पुनर्निर्माण भइरहेको बेला पुनः भूकम्पले भत्काएपछि अहिले विद्यालय छैन ।

सो विद्यालयका ३३ जना विद्यार्थी जुरेको पहिरोमा परेका थिए । जुरेको पहिरोबाट अहिले पनि बाक्लो लेदो बगिरहेको छ ।

गत वर्ष साउन १६ गते मध्यराति राम्चे गाविसको जुरेमा भिषण पहिरो जाँदा राम्चे र टेकनपुरका एक सय ७५ जनाको मृत्यु भएको थियो ।

पहिरोले सुनकोशी नदी महिनौंसम्म थुनिएको थियो । नदीले आफ्नो बहाब राजेेेपछि ताल बनेको ठाउँ बगरमा परिणत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment